हेरिटेज नेपाल न्यूज

जेन-जी आन्दोलनको क्रममा फरार प्रतिवादी पुन:खैरो हेरोइन सहित पक्राउ

Date:

Share post:

काठमाडौं, २ मंसीर । जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार प्रतिवादी पुनः लागु औषध (खैरो हेरोईन २८० ग्राम) सहित पक्राउ परेका छन्। अवैध लागु औषध (खैरो हेरोईन) बिक्रि वितरण भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरोले पाँचथर फालेलुङ गाउँपालिका-२ का ४१ वर्षीय जंगबहादुर राईलाई पक्राउ गरेको हो ।
ब्यूरोको प्रहरी टोलीले कार्तिक २८ गते ललितपुर ललितपुर महानगरपालिका-२४ नागदह स्थित राईलाई डेरा कोठाबाट लागु औषध खैरो हेरोईन २८० ग्राम सहित पक्राउ गरिएको ब्यूरोका प्रवक्ता डिएसपी जीवन निरौलाले बताए ।
उनलाई थप अनुसन्धानको क्रममा २०८० भदौ १७ गते लागु औषध (खैरो हेरोईन १४२ ग्राम) सहित पक्राउ परेका थिए र उनलाई सोही कसुरमा काठमाडौं जिल्ला अदालतबाट १५ वर्ष कैद तथा ५ लाख रूपैयाँ जरिवाना ठहर भई जगन्नाथदेवल कारागार काठमाडौंमा कैद सजाय भुक्तानको क्रममा जेन-जी आन्दोलनको क्रममा भदाै २४ मा कारागारबाट फरार भएका थिए । पक्राउ परेका राईलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...