जेन-जी आन्दोलनको क्रममा फरार प्रतिवादी पुन:खैरो हेरोइन सहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २ मंसीर । जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार प्रतिवादी पुनः लागु औषध (खैरो हेरोईन २८० ग्राम) सहित पक्राउ परेका छन्। अवैध लागु औषध (खैरो हेरोईन) बिक्रि वितरण भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरोले पाँचथर फालेलुङ गाउँपालिका-२ का ४१ वर्षीय जंगबहादुर राईलाई पक्राउ गरेको हो ।
ब्यूरोको प्रहरी टोलीले कार्तिक २८ गते ललितपुर ललितपुर महानगरपालिका-२४ नागदह स्थित राईलाई डेरा कोठाबाट लागु औषध खैरो हेरोईन २८० ग्राम सहित पक्राउ गरिएको ब्यूरोका प्रवक्ता डिएसपी जीवन निरौलाले बताए ।
उनलाई थप अनुसन्धानको क्रममा २०८० भदौ १७ गते लागु औषध (खैरो हेरोईन १४२ ग्राम) सहित पक्राउ परेका थिए र उनलाई सोही कसुरमा काठमाडौं जिल्ला अदालतबाट १५ वर्ष कैद तथा ५ लाख रूपैयाँ जरिवाना ठहर भई जगन्नाथदेवल कारागार काठमाडौंमा कैद सजाय भुक्तानको क्रममा जेन-जी आन्दोलनको क्रममा भदाै २४ मा कारागारबाट फरार भएका थिए । पक्राउ परेका राईलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...