धनगढीको आयल निगम डिपो सार्न १५ दिने अल्टिमेटम

Date:

Share post:

Suryabinayak Nagarpalika

धनगढी, २५ कार्तिक । धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो नजिकका स्थानीयवासीले १५ दिने अल्टिमेटमसहित डिपो स्थानान्तरणको माग गरेका छन् । शुभकामना टोल विकास संस्थाले आइतबार (मिति २०८२ मंसिर २३ गते) निगमलाई ज्ञापनपत्र बुझाउँदै घनाबस्तीबीच रहेको डिपोका कारण स्थानीयको ज्यान र सम्पत्तिमा ठूलो जोखिम रहेको बताएका हुन् ।

संस्थाका अध्यक्ष दीर्घराज ओझाले बुझाएको ज्ञापनपत्रमा टोलमा ८७ घरधुरी र करिब ५०३ जनसंख्या रहेको उल्लेख गर्दै डिपोको नजिक बसोबास गर्ने बासिन्दा निरन्तर त्रासमा रहेको जनाइएको छ । बस्ती र डिपोबीचको दूरी अत्यन्त कम भएकाले सानो दुर्घटनाले पनि ठूलो क्षति निम्त्याउने सम्भावना रहेको भन्दै उनीहरूले तत्काल डिपोलाई अन्यत्र स्थानान्तरण गर्न आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, “यदि हाम्रो जायज माग सम्बोधन नभएमा १५ दिनपछि सम्पूर्ण टोलवासी र प्रत्यक्ष असर पर्ने व्यवसायीहरू सहित चरणबद्ध आन्दोलनमा जानेछौं ।” उनीहरूले निगमलाई बुझाएको ज्ञापनपत्रको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, धनगढी उपमहानगरपालिका र वडा नं. ३ कार्यालयलाई समेत पठाइएको छ । स्थानीयवासीका अनुसार डिपो वरपरको क्षेत्र विगतमा खाली जमिन भए पनि अहिले तीव्र शहरीकरण हुँदै गएपछि बस्ती डिपोसम्म फैलिएको छ । आगलागी वा अन्य दुर्घटनाको जोखिम उच्च भएको भन्दै उनीहरूले पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...