अग्नि नियन्त्रक कर्मचारीलाई तनाव व्यवस्थापन तालिम

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २१ कार्तिक । जुद्द वारूण यन्त्र कार्यालय भक्तपुरले अग्नि नियन्त्रक कर्मचारीको तनाव व्यवस्थापनको लागि योग र ध्वनी चिकित्साको प्रयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले शुक्रबार कर्मचारी र कर्मचारी परिवारको सहभागितामा तनाव व्यवस्थापन कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जुद्द वारूण यन्त्र कार्यालयले कर्मचारीहरूको मनोबल वृद्धि गर्न उदाहरणीय कार्य गरेको बताए । ढकालले कार्यालयका कर्मचारीहरूलाई अझ प्रभावकारी रूपमा काम गर्न प्रेरित गरेका छन् ।

त्यसैगरी, कोष तथा नियन्त्रण कार्यालय भक्तपुरका प्रमुख महेशकुमार दाहालले सकारात्मक र नकारात्मक दुवै प्रकारका तनावलाई पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले आगलागी जोखिम न्यूनीकरणका लागि प्रत्येक घरमा ‘फायर स्ट्रिङ्गर’ जडान गर्न आवश्यक रहेको बताए ।
जुद्द वारूण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयकुमार धौभडेलले कार्यालयका अग्नि नियन्त्रक कर्मचारीहरू अस्थायी रूपमा काम गर्न बाध्य रहेको र उनीहरूको भविष्य अन्यौल रहेको बताए । उनले स्थायी पदपूर्तिको आवश्यकता औंल्याउँदै अग्नि नियन्त्रकहरूलाई स्थायी बनाउन सरकारसमक्ष ध्यानाकर्षण समेत गराए ।
कर्मचारीहरू आफ्नो दैनिकीमा तनाव र पारिवारिक चुनौतीको सामना गरिरहेका कारण उनीहरूलाई बुझ्न र सहयोग गर्न उक्त पारिवारिक भेटघाट तथा तनाव व्यवस्थापन कार्यक्रम आयोजना गरिएको धौभडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...