हेरिटेज नेपाल न्यूज

अग्नि नियन्त्रक कर्मचारीलाई तनाव व्यवस्थापन तालिम

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २१ कार्तिक । जुद्द वारूण यन्त्र कार्यालय भक्तपुरले अग्नि नियन्त्रक कर्मचारीको तनाव व्यवस्थापनको लागि योग र ध्वनी चिकित्साको प्रयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले शुक्रबार कर्मचारी र कर्मचारी परिवारको सहभागितामा तनाव व्यवस्थापन कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जुद्द वारूण यन्त्र कार्यालयले कर्मचारीहरूको मनोबल वृद्धि गर्न उदाहरणीय कार्य गरेको बताए । ढकालले कार्यालयका कर्मचारीहरूलाई अझ प्रभावकारी रूपमा काम गर्न प्रेरित गरेका छन् ।

त्यसैगरी, कोष तथा नियन्त्रण कार्यालय भक्तपुरका प्रमुख महेशकुमार दाहालले सकारात्मक र नकारात्मक दुवै प्रकारका तनावलाई पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले आगलागी जोखिम न्यूनीकरणका लागि प्रत्येक घरमा ‘फायर स्ट्रिङ्गर’ जडान गर्न आवश्यक रहेको बताए ।
जुद्द वारूण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयकुमार धौभडेलले कार्यालयका अग्नि नियन्त्रक कर्मचारीहरू अस्थायी रूपमा काम गर्न बाध्य रहेको र उनीहरूको भविष्य अन्यौल रहेको बताए । उनले स्थायी पदपूर्तिको आवश्यकता औंल्याउँदै अग्नि नियन्त्रकहरूलाई स्थायी बनाउन सरकारसमक्ष ध्यानाकर्षण समेत गराए ।
कर्मचारीहरू आफ्नो दैनिकीमा तनाव र पारिवारिक चुनौतीको सामना गरिरहेका कारण उनीहरूलाई बुझ्न र सहयोग गर्न उक्त पारिवारिक भेटघाट तथा तनाव व्यवस्थापन कार्यक्रम आयोजना गरिएको धौभडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...