चिनियाँ प्रतिनिधि मण्डलद्वारा भक्तपुर अध्ययन भ्रमण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २० कार्तिक । भक्तपुर नगरपालिकाका कार्यबाहक प्रमुख रजनी जोशीसँग जनवादी गणतन्त्र चीनको इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र छिङहाई मिन्चु युनिभर्सिटीको प्रतिनिधि मण्डलले भनपा सभाकक्षमा भेट गरेका छन् । भेटमा कार्यबहाकप्रमुख जोशीले भक्तपुर नगरपालिकाको इतिहास, भूगोल, संस्कृति, सम्पदा र वर्तमान राजनीतिबारे जानकारी गराउँदै भनपामा नेपाल मजदुर किसान पार्टीका सबै जनप्रतिनिधिहरु निर्वाचित भएको र भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा गर्दै आइरहेको बताएकी छन् ।
उनले भक्तपुर नगरपाकिाले शिशु स्याहारदेखि ७ वटा कलेजहरु संचालन गरिरहेको, ख्वप अस्पताल संचालन गरी नगरबासीहरुलाई सेवा प्रदान गरिरहेको जानकारी दिएकि छन् । साथै नगरपालिकाले नगरभित्रका ९२ वटा विद्यालयहरुमा स्थानीय पाठुयक्रम लागू गरी स्थानीय भाषा, साहित्य, संस्कृति, संस्कार, नाचगान, जात्रा पर्व, खाद्य परिकारबारे नयाँ पुस्ताका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको उनले बताइन्। ऐतिहासिक, साँस्कृति र पुरातात्विक सम्पदाहरु परम्परागत सीप र मौलिक निर्माण सामग्री प्रयोग गर्दै स्थानीय जनशक्ति परिचालन गरी सम्पदा संरक्षण गरिरहेको बताउँदै उनले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु नगरपालिकाले आफ्नै स्रोत र साधन प्रयोग गरी संरक्षण गर्दै आएको बताइन् । चीन सरकारले नेपाल र भक्तपुर नगरपालिकामा विपद् र संकटको बेलामा गरेको सहयोग र साथलाई स्मरण गर्दै यस्तो आदान प्रदान र सहकार्यले दुई देशबीचको आपसी सम्बन्ध अझ थप घनिष्ठ हुँदै गएको विचार व्यक्त गरिन्।
भेटमा चिनियाँ प्रतिनिधि मण्डलका तर्फबाट इष्ट चाइना इण्डिया युनिभर्सिटी अफ टेक्नोलोजीका उपनिर्देशक सेन योङले चिनियाँ भाषाको बढी प्रचलनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्न मद्दत पुग्ने विचार व्यक्त गर्दै कन्फ्युसस् इन्स्टिच्यूटले यसको लािग महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
त्यसैगरी छिङहाई मिन्सु युनिभर्सिटीका निर्देशक झाङ झिङनियानले छिङहाई प्रान्तको परिचय दिनु हुँदै छिङहाई मिन्चु विश्वविद्यालयबारे जानकारी गराए। उनले विश्वविद्यालयले निकट भविष्यमै ख्वप सर्कलसँग सहकार्य हुने आशा व्यक्त गरे ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा वडा नं. ५ का वडाध्यक्ष योेगेन्द्रमान विजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजू, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवालसमेतको उपस्थिति रहेको उक्त भेटमा ख्वप मोडल, केरुङ ल्हासा रेलमार्ग र चिनियाँ भाषा प्रशिक्षण विस्तारबारे छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...