सकिमना पुन्ही मनाईयो

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २० कार्तिक । मन्दिर परिसरमा दाफा भजन । बीचमा भुटेको मकै, कालो भटमास, गहुँबाट बनाइएको गणेशको आकृति । यो आकृति बुधबार साँझ कार्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमना पूर्णिमाको अवसरमा गोल्मढीस्थित गणेश मन्दिरसँगै घर/घरबाट ल्याएको भुटेको मकै, कालो भटमास, गहुँजस्ता गेडागुडी तथा स्वारी मालपुवालगायत रोटीबाट बनेको आकृति हो । अन्नको आकृति बनाइने संस्कृतिलाई हरिमन्दि तथा नसा ब्वयेगु भन्ने चलन छ । भक्तपुरका नेवार समुदायले बुधबार कार्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमना पूर्णिमा मनाएका छन् ।
गोल्मढीमाजस्तै ज्याठा गणेश, बाराहीस्थान, सूर्यविनायक गणेश मन्दिरलगायत टोलटोलका मन्दिरहरुमा नसा ब्वयेगु देख्न सकिन्छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासका कारण तौमढी, दत्तात्रय मन्दिरलगायत मन्दिरमा भने यसवर्ष नसा ब्वयेगको आकृति देख्न पाइएन । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार नेपालमण्डलभित्र बसोबास गर्ने नेवार समुदायले चन्द्रमाको गतिलाई आधार मानेर वर्षभरि विभिन्न जात्रा, चाडपर्व मनाउने चलन छ । विभिन्न चाडपर्व मध्ये एक पूर्णिमा तिथि पनि हो । आकाशमा चन्द्रमाको पूरै भाग देखिने दिनलाई पूर्णिमा भनिन्छ । प्रत्येक महिनामा एक पूर्णिमा आउँछ । त्यसमा कार्तिक शुक्ल पूर्णिमाको दिनलाई सकिमना पूर्णिमा मनाउने चलन छ । सकिमिला पूर्णिमा वा हलिमलि पर्वको रुपमा पनि चिनिन्छ । ‘सकी’ भन्नाले पिँडालु जनाउँछ भने ‘मना’ले उसिने भन्ने अर्थ लाग्छ । यस दिन देवालय, शिवालय, मठ मन्दिर तथा देवी/देवताको मूर्ति अगाडि सम्बन्धित मूर्त वा अमूर्त चित्रहरू प्रदर्शन गरिन्छ ।
<span;>चित्रहरू भुटेको मकै, कालो भटमास, गहुँजस्ता गेडागुडी तथा स्वारी मालपुवालगायतका रोटीहरूबाट बनाइएका हुन्छन् । यो अत्यन्त आकर्षक हुन्छ । कुनै देवदेवीको चित्र पूर्णरुपमा बनाइएको हुन्छ त कुनै प्रतिकात्मक हुन्छ । गणेशको मूर्ति अगाडि कतै अत्यन्त आकर्षक गणेशको पूर्ण चित्र बनाइएको हुन्छ त कतै गणेशको वाहन एउटा छुचुन्द्रोमात्र बनाइएको हुन्छ । कतै गणेशको हतियार बञ्चरो बनाइन्छ । स्थानीयले टोल तथा बस्तीमा रहेका देवदेवीको चित्र बनाउँछन् ।
सफा, ठूला कपडा तथा त्रिपालमाथि सर्वप्रथम भुटेको गहुँ बिछ्याइन्छ । गहुँमाथि भुटेको मकैबाट सम्बन्धित देवदेवीको चित्र बनाइन्छ । त्यसमा आँखा, कान, नाक, टीकालगायत स–साना आकृति कालो भटमासबाट तयार गरिन्छ । चारैतिर स्वारी मालपुवाजस्ता रोटीले सजाइन्छ । यसरी नसा ब्वयेगु गर्दा सम्बन्धित ठाउँका दाफा भजनले भजन गरिन्छ । यस दिन व्रत बस्नेहरूलाई देवताको प्रसादको रुपमा भुटेको मकै र भटमास दिई पठाइन्छ । साथै घरघरमा पिँडालु, सखरखण्ड र तरुल उसिनेर खाने चलन छ । भुटेको भटमास, मकै पनि खाने गरिन्छ ।
संस्कृतिकर्मी धौभडेलका अनुसार परापूर्वकालमा नेपालमा अनिकाल परेछ । धानको बीउसमेत पाइएन । खानको लागि यहाँ गहुँ, मकै, भटमासजस्ता अन्नमात्र बाँकी भयो । त्यही अन्न खान हुन्छ भन्ने सन्देश दिने उद्देश्यले कात्र्तिक शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाई पछि त्यही अन्न प्रसादको रुपमा खाने चलन बन्यो ।
<span;>नेवार समुदायमा प्रत्येक पूर्णिमाको दिन विशेष परिकार खाने चलन छ । यसमा कार्तिक शुक्ल पूर्णिमाको दिन पिँडालु उसिनेर खाने चलन छ । पिँडालु खानु पर्नुको कारण एकपटक रावणले सृष्टिकर्ता ब्रह्मादेखि डाहा लागी सम्पूर्ण दानवलाई मानव गर्न कठोर तपस्या गरेछ । तपस्या सफल भएपछि यहाँ खाने वस्तुको अभाव भयो । त्यसपछि रावणले जमिनमाथि मकै र जमिनमुनि पिँडालु उत्पन्न गरे । पछि सम्पूर्ण देवता र मानव मिली रावणको प्रयास असफल बनाउन कर्कलो सखाप पार्नतिर लागे । त्यसैक्रममा दशहराको दिन कर्कलोको तरकारी खाने, जनैपूर्णिमाको दिन (साराँ) कर्कलोको अचार खाने र यही मंसिर शुक्ल पूर्णिमाको दिन पिँडालु खानुलाई राक्षसको निर्मूल गरेको सरह मानिन्छ ।
पशुपतिनाथ मन्दिरभित्र रहेको ताम्रपत्रमा उल्लेख भएअनुसार नेपाल संवत् ५६० मा राजा यक्ष मल्ल र उनका भाइ जीव मल्लले आफ्ना दिवङ्गत माता संसारदेवीको नाममा वर्षभरि विभिन्न पूजापर्व उल्लेख गर्ने क्रममा कार्तिक शुक्ल पूर्णिमाको दिन पनि उल्लेख गरिएको छ । तर त्यहाँ सकिमना पूर्णिमा वा हरिमन्दि नभई जुधान पुन्हि उल्लेख छ । उक्त जुधान पुन्हिको खास अर्थ के हो स्पष्ट हुन सकेको छैन । उक्त दिन पिँडालु उसिनेर खाने चलन भएको कारण पछि गएर उक्त दिन सकिमना पुन्हिबाट प्रख्यात भएको हुनसक्ने संस्कृतिकर्मी धौभडेल बताउँछन् । नेपाल संवत् ८१८ मा भूपतीन्द्र मल्लले लेखाएको भक्तपुर दरवार क्षेत्रको मालती चोकको अभिलेखबाट पुष्टि हुन्छ । भक्तपुर तलेजुभित्र सकिमना पुन्हि मनाउने क्रममा तलेजुभवानीलाई खीर चढाउने गरिन्छ । साथै तलेजु मूलचोकको स्नेह मण्डपमा नसा ब्वयेगु गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...