कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेशसभाकी पूर्व सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको निधन

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १८ कार्तिक । कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेशसभाकी पूर्व सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको निधन भएको छ ।
सहिद राधेश्याम जोन्छेँकी पत्नीसमेत रहेकी रजनीको मध्यपुर अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्गलबार बिहान निधन भएको कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।
मङ्गलबार बिहान १० बजेसम्म उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नका लागि स्वर्गीय जोन्छेँले स्थापना गरेको सहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठान, कटुञ्जेमा राखिएको थियो । जोन्छेँ प्रतिष्ठानकी अध्यक्षसमेत थिइन् ।
जोन्छेँको पार्थिव शरीरमा कांग्रेसका केन्द्रीय नेता विमलेन्द्र निधि, प्रकाशशरण महत, भक्तपुरका सभापति दुर्लभ थापालगायतले झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको मङ्गलबार भक्तपुरको हनुमानघाटमा अन्त्येष्टि गरिने भएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...