हेरिटेज नेपाल न्यूज

भक्तपुरमा ५ गते भाई टिका

Date:

Share post:

भक्तपुर, ३ कार्तिक । भक्तपुर नगरपालिकामा यस वर्षको किजा पूजा (भाई टीका) कार्तिक ५ गते नै मनाइने भएको छ। भक्तपुर तलेजुका पुजारीहरु तथा ज्योतिषहरु डा वीरेन्द्रप्रसाद कायष्थ र केदारप्रसाद दैवज्ञ जोशी सहितको उपस्थितिमा बसेको बैठकले नेपाल पञ्चांग निर्णायक विकास समितिले तोकिएको मिति भन्दा फरक तिहार मनाउने मिति निर्धारण गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतले बताए ।
भक्तपुरमा तलेजु भवानी मन्दिरका पुजारी र ज्योतिषले दिएको साइतलाई आधार मानेर चाडपर्व मनाउने गरिएको छ। तर यसवर्ष नेपाल पञ्चांग निर्णायक विकास समितिले भने कार्तिक ६ गते भाईटीकाको साइत दिएको छ।
भक्तपुरमा यस वर्षको तिहार (आइतबार) काग तिहार , सोमबार लक्ष्मीपूजा, कार्तिक ४ गते म्हा : पूजा र कार्तिक ५ गते किजा पूजा मनाउन आग्रह गरिएको नगप्रमुख प्रजापतिले बताए ।
उक्त बैठकले तलेजुका पुजारीहरूको सुझाव र तिथिअनुसार २०८२ कार्तिक २ गते आइतबार काग तिहार मनाउने, कार्तिक ३ गते सोमबार बिहान कुकुर तिहार मनाउने र दिनको ३:०० बजेपछि औंशी तिथि लाग्ने हुँदा साँझ लक्ष्मी पूजा गर्ने, कार्तिक ४ गते मंगलबार दिनको ४:२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकोले म्ह: पूजा गर्ने र कार्तिक ५ गते सांझ ६:२० बजेपछि द्वितीया तिथि पर्ने भएकोले किजा पूजा (भाई टीका) गर्ने निर्णय गरेको प्रमुख प्रजापतिले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...