राती ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २ कार्तिक । भक्तपुरमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले देउसी-भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले बेलुका ९ बजेसम्म गर्न विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
देउसी-भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न र सार्वजनिक आवागमन हुने सडकमार्गमा अवरोध हुनेगरी नखेल्न प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आग्रह गरेका छन् । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्गजस्ता स्थानमा आमसर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनै पनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव स्थल बनाउनसमेत नपाइने भएको छ ।

यस्तै, आपसी सद्भाव कायम गर्न, जुवातास नखेल्न , अनलाइन ठगीबाट बच्न, कालोबजारी नगर्न, सावर्जनिक सवारी साधनमा बढी भाडा नलिन लगायत ९ बुँदे विज्ञप्ति सार्वजनिक गरिएको हो ।
विज्ञप्तिमा उल्लेखित कुराहरुको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गराएको पाइएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल १०० मा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...