मध्यपुरथिमिको रोहन प्रजापतिको लार्केपास पदयात्रामा लेक लागेर मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २४ असोज । लार्केपास पदयात्राका क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रजापति र उनका केही साथीहरु मनास्लु पदमार्ग हुदै लार्के पासका लागि बिहीबार उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए। त्यहाँबाट करिब पाँच घण्टाको पैदल हिडेर लार्के पास गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

‘उनीसँग अन्य चार जना साथीहरु पनि गएका रहेछन्,’ उनले भने, ‘माथि पुगिसकेकाले फर्केर तल झर्न समस्या हुने भएपछि पोर्टरहरुको सल्लाह अनुसार अन्य साथीहरू भने लार्के पास गरेर मनाङतर्फ झरेछन्।’ प्रजापतिको शव सामागाउँ ल्याइएको र फिस्टेल एयरको हेलिबाट काठमाडौको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। सामागाउँ प्रहरी चौकीबाट खटिएको टोलिले मुचुल्का तयार गरिरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...