चाडपर्वमा नागरिकको सुरक्षाका लागि करिब ५ हजार प्रहरी परिचालित

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ५ असोज । जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा दसैँ, दिपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘दसैँ, दिपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन सुरक्षाका लागि दसैँमा परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना जनशक्ति खटिने छन् । ९१ स्थानमा पिकेट ड्युटी परिचालनका लागि तीन सय ६४ जना प्रहरी परिचालन गरिने छ ।’

यसैगरी, काठमाडौँमा नागरिक सहायता कक्ष १४ स्थानमा राख्ने योजना रहेको जनाउँदै हाल तीन ठाउँमा बल्खु, कलंकी र नयाँबसपार्कमा सञ्चालन गरी ७२ जना जनशक्ति परिचालित रहेका प्रवक्ता बोहराले बताए । उनका अनुसार १४ एरिया विभाजन गरिएको छ । उनका अनुसार पूजापाठ हुने स्थान, टिकट बिक्री हुने स्थान, खसीबोका खरिद बिक्री हुने स्थान, सपिङ सेन्टर तथा महल, गरगहना पसलमा विशेष सुरक्षा प्रदानसहित सादा पोसाकका प्रहरी परिचनलन गरिने छ ।

दसैँ, तिहारलगायत चाडपर्वमा चोरी, पकेटमारी, लुटपाट, कुटपिटलगायत घटना बढी हुने भएकाले सादा पोसाकका प्रहरी उल्लेख्य मात्रामा परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसैगरी क्यूआरटी टोली, मोबाइल टोली, मोटरसाइकल क्यूआरटी टोली खटिने जनाइएको छ ।

परिसरले तयार गरेको सुरक्षा योजनामा व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश गरिएको छ । दसैँमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...