हेरिटेज नेपाल न्यूज

चाडपर्वमा नागरिकको सुरक्षाका लागि करिब ५ हजार प्रहरी परिचालित

Date:

Share post:

काठमाडौं, ५ असोज । जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा दसैँ, दिपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘दसैँ, दिपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन सुरक्षाका लागि दसैँमा परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना जनशक्ति खटिने छन् । ९१ स्थानमा पिकेट ड्युटी परिचालनका लागि तीन सय ६४ जना प्रहरी परिचालन गरिने छ ।’

यसैगरी, काठमाडौँमा नागरिक सहायता कक्ष १४ स्थानमा राख्ने योजना रहेको जनाउँदै हाल तीन ठाउँमा बल्खु, कलंकी र नयाँबसपार्कमा सञ्चालन गरी ७२ जना जनशक्ति परिचालित रहेका प्रवक्ता बोहराले बताए । उनका अनुसार १४ एरिया विभाजन गरिएको छ । उनका अनुसार पूजापाठ हुने स्थान, टिकट बिक्री हुने स्थान, खसीबोका खरिद बिक्री हुने स्थान, सपिङ सेन्टर तथा महल, गरगहना पसलमा विशेष सुरक्षा प्रदानसहित सादा पोसाकका प्रहरी परिचनलन गरिने छ ।

दसैँ, तिहारलगायत चाडपर्वमा चोरी, पकेटमारी, लुटपाट, कुटपिटलगायत घटना बढी हुने भएकाले सादा पोसाकका प्रहरी उल्लेख्य मात्रामा परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसैगरी क्यूआरटी टोली, मोबाइल टोली, मोटरसाइकल क्यूआरटी टोली खटिने जनाइएको छ ।

परिसरले तयार गरेको सुरक्षा योजनामा व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश गरिएको छ । दसैँमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...