नख्खु कारागारबाट फरार कैदीले गरे श्रीमतीको हत्या

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ५ असोज । नख्खु करागारबाट फरार कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।
असोज ३ गते राति १ बजेतिर हत्या गरेको बुझिएको पनौती-१२ का वडाध्यक्ष जयराम केसीले बताए । उनका अनुसार, शनिबारदेखि मनिषामा सम्पर्कमा थिइनन् । माइती पक्षलाई शंका लागेपछि खोजी गर्दा उनलाई घर (गागल) बाट करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा  भेटिएको थियो ।

मनिषाको हत्यापछि सन्तबहादुर फरार छन् । ‘नख्खु कारागारबाट भागेको भनेर छिमेकीले एकदुई दिनअघि मात्रै थाहा पाएका थिए,’ केसीले भने, ‘घरमै लुकेर बसेको छ भन्ने छिमेकमा थाहा रहेछ, त्यसलगत्तै यस्तो घटना भयो ।’ सन्तबहादुर चार वर्षअघि गाउँकै महिलामाथि जर्बरजस्ती करणी गरेको अभियोगमा करागार चलान भएका थिए । प्रहरी घटनास्थलमा जाँदै गरेको र विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...