हेरिटेज नेपाल न्यूज

नख्खु कारागारबाट फरार कैदीले गरे श्रीमतीको हत्या

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ५ असोज । नख्खु करागारबाट फरार कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।
असोज ३ गते राति १ बजेतिर हत्या गरेको बुझिएको पनौती-१२ का वडाध्यक्ष जयराम केसीले बताए । उनका अनुसार, शनिबारदेखि मनिषामा सम्पर्कमा थिइनन् । माइती पक्षलाई शंका लागेपछि खोजी गर्दा उनलाई घर (गागल) बाट करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा  भेटिएको थियो ।

मनिषाको हत्यापछि सन्तबहादुर फरार छन् । ‘नख्खु कारागारबाट भागेको भनेर छिमेकीले एकदुई दिनअघि मात्रै थाहा पाएका थिए,’ केसीले भने, ‘घरमै लुकेर बसेको छ भन्ने छिमेकमा थाहा रहेछ, त्यसलगत्तै यस्तो घटना भयो ।’ सन्तबहादुर चार वर्षअघि गाउँकै महिलामाथि जर्बरजस्ती करणी गरेको अभियोगमा करागार चलान भएका थिए । प्रहरी घटनास्थलमा जाँदै गरेको र विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...