काठमाडौं महानगरको निर्णय : सोमबारबाट विद्यालयमा पठनपाठन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाले सोमबारबाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । गत २३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयहरू सोमबारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

त्यस्तै, शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ । विद्यालयमा कुनै प्रकारको क्षति देखिएमा काठमाडौं महानगरपालिकामा सोको विवरण उपलब्ध गराउने, विद्यार्थीका अभिभावकहरूसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्ने, अभिभावकले आफ्ना विद्यार्थी विद्यालयमा ल्याउने लैजाने गरी जिम्मा लिएमा र परिस्थिति पनि सामान्य देखिएमा त्यस्ता विद्यार्थीलाई भदौ ३० गते सोमबार देखि विधालयमा ल्याई मनोसामाजिक परामर्श सँगसँगै अध्ययन अध्यापन गर्ने गराउने महानगरले आग्रह गरेको छ ।

साथै विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरण गर्ने पनि जनाइएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...