हेरिटेज नेपाल न्यूज

तीन दिनमा २६८ नाल हतियार बरामद

Date:

Share post:

काठमाडौं,२८ भदौ । मूलुकभरबाट हालसम्म २६८ नाल हतियार बरामद भएको छ। जेनजीको आह्वानमा सोमबार र मंगलबारको प्रदर्शनपछि तीन दिनको अवधिमा २६८ नाल हतियार बरामद भएको हो।
प्रदर्शनपछि मंगलबार राति १० बजेदेखि सेना परिचालन भएको थियो। सुरक्षा निकायका तीनवटै निकाय; नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले शुक्रबारसम्म उक्त परिमाणमा हतियार बरामद गरेको हो। प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको हतियार पनि खोसेका थिए।

ती हतियार फिर्ता गर्न नेपाली सेनाले आह्वान पनि गरेको छ। फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ। त्यस्तै, देशका विभिन्न कारागारबाट फरार भएका कैदीहरूलाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिइ पुनः कारागार चलान गरिरहेको छ। फरार कैदी र थुनुवाहरूलाई पनि कारागारमा फर्कन आग्रह गरेको छ।

सुरक्षा निकायले विभिन्न व्यापारिक भवनहरु तोडफोडपश्चात त्यहाँबाट लुटिएका सामानहरू पनि फिर्ता गर्न सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको छ। नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेको तस्बिर र भिडिओ भए उपलब्ध गराउन आग्रह गरिसकेको छ। त्यसरी तस्बिर र भिडिओ पठाउनेको परिचय गोप्य राखिने पनि प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...