हेरिटेज नेपाल न्यूज

सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्की अन्तरिम सरकारकाे प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
राष्ट्रपति कार्यालयले संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको हो। उक्त धारामा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनिएको छ। योसँगै उनी देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन् ।

कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् । प्रधानन्यायाधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी हुन् । न्यायपालिकामा रहँदा हक्की र इमानदार स्वभावका कारण उनी चर्चामा आएकी हुन् ।
यसपटक सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार विरूद्दमा  उत्रिएका जेन-जीहरूको आन्दोलनपछि देशका तीनवटै अंग ध्वस्त भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो । प्रधानमन्त्रीको राजीनामालगत्तै प्रधानसेनापति समेतको सहभागितामा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए ।कार्कीले जेन-जीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...