हेरिटेज नेपाल न्यूज

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरुको बस र्याली

Date:

Share post:

काठमाडौं, १६ भदौ । विद्यालय शिक्षा विधेयकका प्रावधानको विरोधमा काठमाडौं उपत्यकाका निजी विद्यालयहरूले सोमबार विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना विद्यालयका बसलाई सडकमा ल्याएर आपत्ति जनाएका छन् ।

निजी विद्यालयहरूको अनुसार, प्रस्तुत विधेयकले विद्यालयहरूको स्वायत्तता र व्यवस्थापनमा हस्तक्षेप गर्ने मात्र नभई, शैक्षिक गुणस्तरमा पनि नकरात्मक प्रभाव पार्न सक्ने आशंका गरिएको छ । विरोधमा उत्रिएका विद्यालयका प्रतिनिधिहरूले विधेयकका केही प्रावधानहरूलाई असंवैधानिक र नोक्सानदायक बताउँदै सरकारसँग पुनरावलोकन गर्न माग गरेका छन् ।

काठमाडौंको प्रमुख चोकहरूमा निजी विद्यालयका शिक्षकहरू विरोध प्रदर्शनमा सामेल भएका थिए । विद्यालयका बसहरू सडकमा पार्क गरेर विधेयकको विरोध गरेका प्रदर्शनकारीहरूले नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...