हेरिटेज नेपाल न्यूज

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ११ भदौ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । महासंघकी अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष ज्ञापनपत्र बुझाउँदै अल्टिमेटम दिएका हुन् । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा, अवरुद्ध दर्ता र नवीकरण कार्य सुरु नभए महासंघ आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यमलाई परेका असहजता हटाउन अस्थायी व्यवस्था गरिने र नयाँ नियमावली पनि तत्काल ल्याइने आश्वासन दिए । मन्त्रालयकी सचिव राधिका अर्यालले पनि दर्ता र नवीकरण प्रक्रिया सहज बनाउन पहल गरिने जानकारी दिइन् ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यमको दर्ता–नवीकरण स्थानीय प्रशासनमार्फत गर्ने व्यवस्था भएपछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...