ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि एउटै छानामुनि विपद् व्यवस्थापनमा आवश्यक जनशक्ति र सामग्रीहरुको व्यवस्थापन गरेको छ । पुल्चोक दमकलस्थित नगरप्रहरी बल कार्यालयमा नगरप्रहरी, दमकल, शववहान, डुङाको व्यवस्थापन गरेको छ । यसैगरी विपद्को बेलामा प्रयोग गर्नुपर्ने अन्य सामग्रीहरुमा पनि त्यहाँ राखिएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् भइहाले आवश्यक पर्ने सबै संयन्त्र एकै पटक पुगोस् भन्ने हेतुले एकै छानामुनि सबै संयन्त्रको व्यवस्था गरेको बताए । अन्तर्राष्ट्रिय अभ्यास अनुसार विपद् व्यवस्थापनका बेला जनशक्तिसँगसँगै एम्बुलेन्स पनि सँग जानुपर्छ, हामीले यो अभ्यासलाई ललितपुर महानगरमा प्रयोग गरेकाे जनाएको छ । महानगरले अघिल्लो वर्ष असोजको दोस्रो साता आएको बाढीमा उद्धारका लागि डुङ्गाको सक्त अभाव भएपछि महानगरले केही महिना अघि डुङ्गा खरिद गरेको छ । यसका साथै साना ठूला गरी ६ वटा दमकल महानगरसँग छ । ‘गल्लीभित्र पसेर आगो निभाउन सक्ने दमकल पनि महानगरसँग छ, ’ उनले भने । महानगरले विभिन्न कारणले हुने विपदबाट जोगिन वडास्तर सम्म पुगेर सचेतना कार्यक्रम पनि आयोजना गरेको छ । महानगरको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकाले वडै पिच्छे विपद् व्यवस्थापन र सचेतनाका लागि वडा स्तरीय स्वयंम सेवक समूह गठन गर्ने तयारी समेत गरेको छ ।