हेरिटेज नेपाल न्यूज

स्वास्थ्यमन्त्री थापाले गरे मदन भण्डारी प्रतिष्ठानको अनुगमन

Date:

Share post:

Changunarayan Nagarpalika

हेटौंडा, ३ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुगमन गरेका छन् । मङ्गलबार मन्त्री थापाले प्रतिष्ठानमा सञ्चालन भएका कक्षाहरु हेटौंडा ११, नलेज भिलेज हेटौंडा- ६ गौरीटार, हेटौंडा ४ हुप्रचौर, अनुसन्धान केन्द्र हेटौंडा ८, प्रतिष्ठानको निर्माण भैरहेको भवनहरुको अनुगमन गर्दै आवश्यक निर्देशन समेत दिएका छन् ।

अनुगमन पश्चात् मन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै ती अस्पतालमा सेवा विस्तारका लागि आवश्यक दक्ष जनशक्ति यही प्रतिष्ठानबाट उत्पादन हुने विश्वास व्यक्त गरे ।

अनुगमनको क्रममा मन्त्री थापाले प्रतिष्ठानले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै यसलाई स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए । छिटोभन्दा छिटो नयाँ भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट कक्षा सुचारु गराउने पनि उनले बताए ।

चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानलाई ५० सिटका लागि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने स्वीकृति प्रदान गरिसकेको छ । यसअघि नै यहाँ बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी (बीएमएलटी), पब्लिक हेल्थ (बीपीएच) र ब्याचलर अफ फार्मेसी (बी-फार्मेसी) जस्ता स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेका छन् । यसबाहेक यसै शैक्षिक वर्षदेखि प्रतिष्ठानमा मास्टर तह (एमडी) का सात विषय स्त्री तथा प्रसूति, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा अध्यापन सुरु हुने भएको छ । अनुगमन कार्यक्रममा मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...