कक्षा ४ र ५ का शिक्षकलाई विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखन सम्बन्धी तालिम

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०९ असार । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा ४ र ५ मा अध्यापन गराउने शिक्षकहरुका लागि विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखन सम्बन्धी २ दिने तालिम अन्तर्गत पहिलो चरणमा १८० जनालाई शिक्षकलाई प्रशिक्षित गरेको छ । आउँदो आइतबार थप १८० जनालाई तालिम प्रदान गर्ने शिक्षा विभागको योजना छ ।

सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी कार्ययोजना अन्तर्गतको ८९ औँ वुँदामा उल्लेख भएको कक्षा ४ र ५ का विद्यार्थीहरुको नियमित मूल्याङ्कन सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तालिम सञ्चालन गरेको महानगरले जनाएको छ । पहिलो चरणको तालिम समापन गर्दै शिक्षा विभागका प्रमुख नमराज ढकालले भने, ‘तालिमले शिक्षकहरुलाई मूल्याङ्कन प्रणालीका विषय स्पष्टता कायम गरेको छ । आत्मविश्वाश जगाएको छ ।’

‘शिक्षकहरूको उत्कृष्ट तथा नवीन अभ्यासहरूको आदानप्रदान, पाठ्यक्रमको परिचय र संरचना’, ‘विषयगत पाठ्यक्रम र तिनका विशेषता’, ‘नविनतम शिक्षण विधिको प्रयोग’, ‘ विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका र साधनहरूको  प्रयोग’, ‘सिकाई उपलब्धि मूल्याङ्कन अभिलेख फारामको प्रयोग’, ‘जीपीए गणना र विद्यार्थीको प्रगति प्रतिवेदनको नमूना तयारी’ लगायत विषय तालिममा समावेश गरिएको थियो । तालिम  सहजकर्ता सीता पाण्डेका अनुसार स्रोत शिक्षकहरुलाई स्रोत व्यक्तिका रुपमा राखेर तालिम सञ्चालन गरिएको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको यस अवधिमा १ हजार ६४६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । यसमा बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना, संस्थागततर्फ ११६ जना र विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखनमा १८० जनालाई तालिम प्रदान गरिएको हो ।

सूचना तथा प्रविधि सम्बन्धी तालिममा ३८५ जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रुपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिममा ४६० जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागीता थियो । असार महिनामा विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखन सम्बन्धी थप १८० जना शिक्षकलाई तालिम दिने योजना छ । शिक्षकहरुको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षातर्फ नतिजा सुधार हुने अपेक्षा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...