यातायात कार्यालय हेटौंडामा विद्युत सर्ट भएर आगलागी, लाइसेन्स सेवा अवरुद्ध

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ०७ असार । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालयमा विद्युत सर्ट भई आगलागी हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रभावित भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, हेटौंडाले आइतबार सूचना जारी गर्दै कार्यालयको इन्ट्रानेट प्रणालीका डिभाइसहरुमा बिहान ८:४० बजे विद्युत सर्ट भई अचानक आगलागी हुँदा सवारी चालक अनुमतिपत्रतर्फको प्रणालीमा क्षति पुगेको जनाएको छ ।

कार्यालयका अधिकृत टेकनाथ काफ्लेका अनुसार क्षतिको कारण नयाँ लाइसेन्स आवेदन, वर्ग थप (क्याटेगोरी थप), बायोमेट्रिक तथा लाइसेन्स नवीकरणलगायतका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । यद्यपि, प्रयोगात्मक (ट्रायल) परीक्षा भने पूर्व प्रकाशित कार्यतालिका अनुसार नै सञ्चालन हुने कार्यालयले जनाएको छ । कार्यालयका शाखा अधिकृत काफलेद्वारा जारी सूचनामा आगलागीबाट भएको क्षतिको मूल्यांकन तथा प्रणाली पुन: सञ्चालनको तयारी भइरहेको कार्यालयले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...