भोटो जात्रा सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, ०६ असार । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको जात्राको अवसरमा भोटो देखाउने जात्रा शनिबार जावलाखेलमा सम्पन्न भएको छ। रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटिटोलबाट जावलाखेल पुगेको चौथो दिन आज भोटो देखाइएको हो।
जावलाखेलमा विशेष समारोहका बीच भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको छ।
भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई भोटो अवलोकन गरेका छन् भने, भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, उपप्रधान तथा गृहमन्त्री सुधन गुरूङ, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए ।

भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ।
कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए।
त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद ग्रहण गरे। भोटो देखाएसँगै उपत्यकाको सबभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...

रसुवा जाने वैकल्पिक सडक निर्माणमा खटिए मुख्यमन्त्री थापामगर

काठमाडौं, १५ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नुवाकोटबाट रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिलाई तीव्रता...

रसुवा बाढी अपडेट : ९०३ जनाको शव फेला, १०, ४५१ को उद्धार

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ ।  राष्ट्रिय विपद्...

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...