बीपी राजमार्गमा सवारी आवागमन बन्द

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ जेठ । वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार मंगलबार मध्याह्न १२:३० बजेदेखि काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा लगातार ठूलो पानी परिरहेको छ। वर्षासँगै रोशी खोलामा पानीको सतह बढ्दै गएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा सञ्चालन हुने सम्पूर्ण प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि रोक लगाइएको उनले जानकारी दिए।

अहिले राजमार्ग हुँदै जाने सवारीलाई जिल्लास्थित धुलिखेलमा र सिन्धुली जिल्लासँग सहकार्य गरेर खुर्कोट र नेपालथोकमा होल्ड गरिएको उनले बताए। सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...