काठमाडौं महानगरको आगामी २५ अर्ब ८८ करोड ३० लाख

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०४ असार । महानगरपालिका काठमाडौंले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरेको छ ।काठमाडौं महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको बजेट पारित गरेको थियो । महानगरले आगामी आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले यस्तो उल्लेख गरेकी हुन् । ‘आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ,’ आज बजेट भाषण गर्दै कार्यबाहक मेयर डंगोलले भनिन्, ‘जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजारको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त, समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजारको स्रोत अनुमान गरिएको छ, त्यसैगरी जनसहभागिता बापत १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ ।’

क्षेत्रगत हेर्दा प्रस्तुत बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार प्रस्ताव गरिएको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार छ ।
त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार प्रस्ताव गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

राष्ट्रिय सूचना आयोगमा प्रमुखसहित सूचना आयुक्तका लागि आवेदन आह्वान

काठमाडौं, २२ साउन । राष्ट्रिय सूचना आयोगमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ । पदाधिकारी नियुक्ति...

मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि छलफल सुुरु

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ...

महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न

काठमाडौं, २२ साउन । महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा...

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...