काभ्रेपलान्चोक बस दुर्घटना छानबिन गर्न समिति गठन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३० जेठ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका-२, बुच्चाकोटमा भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलान्चोकका एसएसपी कमल थापाको संयोजकत्वमा शनिबार (जेठ ३०) ६ सदस्यीय छानबिन समिति गठिन गरिएको हो ।
शुक्रबार (जेठ २९) दिउँसो बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी बसमा सवार आठ यात्रुको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका अरू १६ यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
समितिलाई घटनाको कारण तथा जिम्मेवार पक्ष पहिचानसहित सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...