भक्तपुर जिसस प्रमुख ईश्वर थापाको निधन

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ११ जेठ । जिल्ला समन्वय समिति भक्तपुर प्रमुख तथा नेकपा एमाले नेता ईश्वर थापाको सोमबार दिउँसो निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत थापाको ६५ वर्षको उमेरमा निधन भएको हो ।

सूर्यविनायक नगरपालिका-७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचाप सम्बन्धी समस्याका कारण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा सोमबार दिउँसो करिब २ः३० बजे उनको निधन भएको हो । सोमबारसाँझ नै थापाको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको स्रोतले जनाइएको छ ।

स्वर्गीय थापा भक्तपुरको स्थानीय राजनीति र जनप्रतिनिधित्व क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । पूर्व पत्रकार समेत रहेका थापा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुखका रूपमा कार्यरत रहँदै जिल्लाको विकास तथा समन्वयकारी भूमिकामा सक्रिय थिए । उनका एक छोरा, तीन छोरी र श्रीमती रहेका छन् । थापाको निधनप्रति विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...