ललितपुरस्थित नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ६ जेठ । नक्कली मदिरा बनाउने कारखानामा सशस्त्र प्रहरीले छापा हानेर चारजना पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका-७ स्थित चाँगाथलीमा नक्कली ब्रान्डेेड मदिरा बनाउने स्थानमा सशस्त्र प्रहरीले छापा मारेको छ । उक्त स्थानबाट  ठुलो मात्रामा रेडलेबल, ब्ल्याक लेबललगायत  महँगा ब्राण्डेड रक्सीसमेत बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा बिर्खबहादुर तामाङको घरमा सशस्त्र प्रहरीले छापा हानेको हो।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-२ बस्ने ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ती गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए। साथै, सशस्त्र प्रहरीले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ ।  नियन्त्रणमा लिइएकाहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...