कक्षा ११ र १२ मा दिइने छात्रवृत्ति सम्बन्धी कार्यविधि संशोधनसहित पारित

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ४ जेठ। काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा दिइने छात्रवृत्ति सम्बन्धी कार्यविधि संशोधनसहित पारित गरेको छ । महानगरले कक्षा ११ र १२ मा दिइने छात्रवृत्ति सम्बन्धि व्यवस्था गरिएको कार्यविधि संशोधनसहित पेश भएका १९ वटा प्रस्ताव पारित गर्दै महानगरको ४९ औँ कार्यपालिका बैठक सम्पन्न रेको छ । कार्यबाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा ७ वटा क्षेत्रका विविधसहित १९ वटा प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

बैठकले कार्यबाहक प्रमुख डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरेको थियो भने आइतबार साँझ  उनी कार्यक्रम सहभागी हुन उनी फान्स गईसकेकी छन् भने, जेठ ८ गते सम्मका लागि कार्यबाहक प्रमुखका रुपमा काम गर्न उनलेले ज्येष्ठताका आधारमा वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई जिम्मेवारी तोकेकी छन् ।

बैठकले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायम गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सामाजिक समितिका संयोजक रामकुमार के. सी. र समितिका तर्फबाट सदस्य सचिव तथा विभागीय प्रमुखहरु नमराज ढकाल, दिपक अधिकारी र जगदीश अर्यालले प्रस्ताव पेश गरेको थियो । यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी विषयमा वातावरण व्यवस्थापन विभागका वरिष्ट इञ्जिनियर रामप्रसाद नेपालले प्रस्ताव पेश गरेका थिए । शिक्षा स्वास्थ्य समितिका तर्फबाट सदस्य सचिव एवं शिक्षा अधिकारी नमराज ढकालले, छात्रवृत्ति सम्बन्धी प्रस्ताव पेश गरेका छन् । कार्यविधिका समेटिएका व्यवस्थाका विषयमा दलबहादुर कार्की, विमलकुमार होडा, रामकुमार के. सी. र आशामान संगतले आफ्नो धारणा राखेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...