कंगो र युगान्डामा फैलियो इबोला प्रकोप, नेपालमा सतर्कता

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ४ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोलाको प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढाएको छ।
डब्लुएचओले आइतबार कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। त्यहाँ २४६ वटा शंकास्पद संक्रमणका घटना देखिएका छन्। इबोलाका कारण अप्रिलयता कंगोमा करिब ८० जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कसहित सबै स्वास्थ्य निकायलाई सतर्क गराएको छ। ‘जोखिम र आवश्यक तयारीबारे छलफल गर्न सरोकारवालासँग बैठक गर्ने तयारी गरेका छौं,’ महाशाखाका निर्देशक डा. अनुज भट्टराईले भने, ‘हामीले विषयलाई गम्भीरतापूर्वक लिएका छौं।’

इबोला अत्यन्त संक्रामक भाइरल रोग हो। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसले घातक रोग निम्त्याउन सक्छ। यसको मृत्यु दर ८० देखि ९० प्रतिशतसम्म हुन सक्छ। नेपालले भने स्थलमार्ग हुँदै संक्रमित व्यक्ति नेपाल प्रवेश गर्ने जोखिम कम भएकाले मुख्य ध्यान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा केन्द्रित गरेको छ।
‘रोग प्रभावित देशबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्कमा २४ सै घण्टा स्वास्थ्यकर्मी खटाइएको छ,’ भट्टराईले भने, ‘सम्बन्धित अधिकारीलाई निगरानी थप कडा बनाउन निर्देशन दिइएको छ।’ नेपालका जनस्वास्थ्य विज्ञहरूका अनुसार विश्वव्यापी आवतजावत बढेकाले अन्य देशझैँ नेपाल पनि इबोलाको संक्रमणप्रति अत्यन्त संवेदनशील छ। दैनिक हजारौं विदेशी नेपाल आउने तथा लाखौं नेपाली वैदेशिक रोजगारीका लागि आवतजावत गर्ने भएकाले संसारको कुनै पनि कुनामा देखिएको रोग नेपाल भित्रिन सक्ने जोखिम रहन्छ।
‘एलो फिभरविरुद्धको खोपको माग बढ्नुले रोजगारी र व्यवसायका लागि अफ्रिकी देश जाने नेपालीको संख्या बढिरहेको संकेत गर्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भने, ‘एमपक्स, सार्स–कोभ–२, स्वाइन फ्लुजस्ता भाइरसको संक्रमण देखिसकेकाले कुनै पनि रोगको जोखिमलाई कम आँक्नु हुँदैन। इबोला प्रभावित अफ्रिकी देशहरूमा नेपाली शान्ति सैनिक पनि खटिएका छन्। नेपाली सेनाका अनुसार हाल कंगोमा ९७० भन्दा बढी नेपाली शान्ति सैनिक कार्यरत छन्। तीमध्ये केही प्रकोपको केन्द्र मानिएको इटुरी प्रान्तको बुनिया क्षेत्रमा छन्।

‘बुनिया क्षेत्रमा गस्तीबाट फर्किएका सैनिकलाई क्वारेन्टिनमा राखेका छौं,’ नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भने, ‘हालसम्म कुनै पनि नेपाली सैनिकमा इबोला संक्रमण देखिएको छैन।’ उनका अनुसार सेनाले संक्रमण जोखिमबारे सचेत रहँदै द्वन्द्वग्रस्त देशमा खटिएका शान्ति सैनिकका लागि आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको छ। विज्ञहरूले इबोलाजस्ता घातक रोगको जोखिम न्यूनीकरण गर्न प्रयोगशालाको सुविधा सुदृढ गर्ने, स्वास्थ्यकर्मीलाई तालिम दिने र निगरानी अझ प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...