पुराना, कुच्चिएका र चुहिएका जारमा पानी बेच्न रोक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २३ वैशाख । सरकारले बजारमा पुराना, कुच्चिएका र टालिएका जारमा प्रशोधित पिउने पानी बिक्री वितरण गर्ने उत्पादक तथा विक्रेतालाई कारबाही गर्ने चेतावनी दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै यस्ता कमसल जार प्रयोग तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
गर्मी र वर्षायामको समयमा झाडापखाला लगायत पानीजन्य रोगका हानिकारक सूक्ष्म जीवहरूको संक्रमण बढ्ने जोखिम मध्यनजर गर्दै विभागले कडाइ गरेको हो । विभागका अनुसार बजारमा पुराना, कुच्चिएका, टालिएका, चुहिएका र अपारदर्शी जारमा पानी भरेर बिक्री भइरहेको जनगुनासो प्राप्त भएको छ ।
विभागले यस्ता कार्य नगर्न र नगराउन उत्पादक, ढुवानीकर्ता र विक्रेतालाई सचेत गराएको छ । ‘यदि कसैले यो सूचनाको बर्खिलाप कार्य गरे नयाँ जारी भएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने’ बेहोरा सूचनामा उल्लेख छ ।
प्रशोधित पिउने पानी उत्पादन गर्दा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’, ‘खाद्य नियमावली २०२७’ र ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४’ को व्यवस्था अनिवार्य पालना गर्नुपर्ने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...