होल्डिङ् सेन्टरमा आश्रित बालबालिकालाई संस्थागत विद्यालयहरुमा आवासीय सुविधासहित निःशुल्क नियमित अध्ययनको व्यवस्था गर्न आग्रह

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ वैशाख । राधास्वामी सत्संत व्यास आश्रम कीर्तिपुरमा सञ्चालित होल्डिङ् सेन्टरमा आश्रित बालबालिकालाई संस्थागत विद्यालयहरुमा आवासीय सुविधासहित निःशुल्क नियमित अध्ययनको व्यवस्थाका लागि महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले सम्बन्धित संघसंगठका पदाधिकारीहरुसँग छलफल गरेकी छिन् । राष्ट्रिय सभा गृहमा भएको छलफलमा निजी तथा संस्थागत विद्यालयका संघसंगठन प्याब्सन र एनप्याब्सनका केन्द्रीय, जिल्ला र महानगर स्तरीय समितिका पदाधिकारी सहभागीता थियो । ‘नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा अहिले कीर्तिपुर स्थित राधास्वामी सत्संग आश्रममा रहेका बालबालिकाहरुलाई आवास सुविधा सहित निःशुल्क अध्ययन गराउन हामीले यस्तो सुविधा भएका निजी तथा संस्थागत विद्यालयहरुबाट सहयोगको अपेक्षा गरेका छौँ,’ डंगोलले भनिन्, ‘मलाई थाहा छ । तपाईँहरुक‍ो यावत प्रश्न छन् । हामीसँग ती प्रश्नहरुको जवाफ खोजीरहनु भएको छ । हामी ती प्रश्नको जवाफ दिन्छौँ । तर, अहिले प्रश्नभन्दा माथि उठेर काम गर्नु पर्ने बेला हो । अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाहरुको शिक्षाका लागि हामी सबैले मिलेर काम गरौँ । उनीहरुलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौँ । हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौँ ।’
संस्थागत सामाजिक उत्तरदायित्व र मानवताका दृष्टिले सहकार्य अगाडि बढाउन कार्यवाहक प्रमुखको अनुरोध छ ।
उनको प्रस्तावमा प्याव्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, प्याव्सनका महासचिव आ. वि. कटुवाल, एनप्याब्सनका महासचिव प्रकाश खड्काले वर्तमान अवस्थामा महानगरपालिकाले बालबालिकाको शिक्षाका लागि सहकार्यका लागि अघि सारेको तत्परताले आफूहरुलाई पनि जिम्मेवार बोध गराएको उल्लेख गरे ।
छलफलमा काठमाडौं जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सूर्य भण्डारी, काठमाडौँका जिल्ला अध्यक्ष अमृत खड्का, काठमाडौँ महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, एनप्याब्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।
कार्यबाहक प्रमुखको प्रस्तावका विषयमा प्याब्सन र एनप्याब्सनको बैठक बसेर आफूहरुले पूरा गर्नु पर्ने दायित्वका विषयमा महानगरपालिकालाई खबर गर्ने अधिकारीहरुले जनाएका छन् । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...