सार्वजनिक यातायातमा भाडा बढाउने सरकारको निर्णय

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न यातायात व्यवस्था विभागलाई सैद्धान्तिक सहमति दिएको छ । सहमति पाएसँगै भाडा समायोजन गर्ने निर्णय भएको विभागले जनाएको छ । त्यहीअनुसार अन्तर प्रदेश भाडा समायोजनको सूचनासहितको सूची सार्वजनिक गर्ने तयारीमा रहेको विभागले जनाएको छ ।

इन्धनको मूल्यमा हुने घटबढअनुसार सार्वजनिक सवारीसाधनको भाडा स्वतः घटबढ हुने गरी स्वचालित भाडा प्रणाली ३१ चैत ०७८ को मन्त्रीस्तरीय निर्णयबाट लागू भएको थियो । त्यहीअनुसार यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा सोही अनुपातमा अन्तरप्रदेशीय यातायातको भाडा समायोजन गर्ने अधिकार पाएको छ । त्यहीअनुसार सूचकहरूको विश्लेषण तथा इन्धनको मूल्यमा आएको परिवर्तनले गर्दा भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारको निर्णयअनुसार यात्रुवाहक सवारी साधनमा  १६.७१ प्रतिशत भाडा समायोजन गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशत भाडा समायोजनको तयारी भएको विभागले जनायो ।
यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवका अनुसार भाडा समायोजनका निर्णय विभागले गरेर छिटै सार्वजनिक गरिने छ । ‘मन्त्रालयबाट सैद्धान्तिक सहमति पाइसकिएको छ,’ उनले भने, ‘यात्रुवाहक बस, मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा छुट्टाछुट्टै रूपमा भाडा समायोजन गरिएको प्रतिशतसहित हुन्छ ।’
एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने सवारी साधनको हकमा विभागले हेर्ने र यसलाई नै आधार बनाएर सम्बन्धित प्रदेशहरूले हाल कायम रहेको भाडा बढाउने उनको भनाइ छ । उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनको हकमा पनि बागमती प्रदेशले नै भाडादर कायम गर्नेछ ।

के आधारले अहिले भाडा बढाउने निर्णय भयो ? भन्ने जिज्ञासामा निर्देशक यादव भन्छन्, ‘यो स्वचालित भाडा प्रणालीअनुसार समायोजनको गर्ने निर्णय भएको हो, यसमा १३ वटा आधारमध्ये इन्धनको मूल्यवृद्धि एउटा आधार भयो,यसको प्रत्येक वर्ष मूल्यांकन हुन्छ, सबै कुरालाई विचार गरेर भाडा समायोजन गर्ने निर्णय भएको हो ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार विभागले निर्णय गरेर भाडादर सार्वजनिक गरेपछि सम्बन्धित प्रदेश मार्फत नयाँ भाडादर लागू हुनेछ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...