क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २४ चैत । क्रिप्टोकरेन्सीको कारोबारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ। एसपी मनोहरप्रसाद भट्टका अनुसार गैरकानुनी रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको सूचना पाएको थियो। सूचनाको आधारमा खटिएको टोलीले सोमबार चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चितवन रत्ननगरका ३२ वर्षीय सवन अधिकारी, काठमाडौंका २५ वर्षीय आशिष अधिकारी, चितवनका ३२ वर्षीय रबिन जिआर र ललितपुरका ३६ वर्षीय अनित्य शाक्य छन्। उनीहरूबाट प्रहरीले ३० लाख रुपैयाँ नगद बरामद गरेको छ। त्यस्तै, उनीहरूबाट सिएसडिटीको कारोबार गर्ने विद्युतीय उपकरण, ६ वटा मोबाइल, म्याकबुक समेत बरामद गरेको छ।
मुलुकी अपराध संहिताको २०७४ को दफा १२५ क बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने र दफा १६२ क बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ट्रकको ठक्करबाट घाइते इन्स्पेक्टर लामाको निधन

काठमाडौं, १ वैशाख । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ ।...

बिस्काः जात्राको लिङ्गो ठड्याईंदै

भक्तपुर, ३० चैत । भक्तपुरको प्रसिद्घ बिस्काः (बिस्केट) जात्राको चौथो दिन शुक्रबार तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’...

सिंहदरबारभित्र गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न निर्देशन

काठमाडौं, ३० चैत । इन्टरनेट सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकाय एकीकृत...

मध्यपुर थिमिको खुल्ला धिमे बाजा प्रतियोगितामा चन्द्रागिरीको श्री नास भैरव धिमे खलः विजयी

भक्तपुर, २९ चैत । मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजना तथा श्री राज गणेश धिमे खलःको सहकार्यमा शनिबार खुल्ला धिमे...