२ जना अन्तर्राष्ट्रिय खेलाडी सम्मानित

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौँ, १० वैशाख । काठमाडौँ महानगरपालिकाले २ जना अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । बुधबार काठमाडौँ प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा कार्यबाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी. र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनीहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा क्योकुसिन तेजुका वल्ड कप रजत पदक विजेता दावा शेर्पा छन् । जापानको सेन्दाइ तथा फुकुओकामा २०२५ फेब्रुअरी २१ गतेदेखि २५ गतेसम्म आयोजना भएको चौथो क्योकुसिन तेजुका वर्ल्ड कपमा शेर्पाले नेपाल क्योकुसिन कराँते (इको) संघका तर्फबाट रजत पदक लिएका थिए । उनलाई १ लाख ५० हजार रुपियाँ नगदसहित सम्मान गरिएको महानगरले जानकारी दिएको छ ।

यस्तै, सन् २०२५ नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म संयुक्त राज्य इमिरेट्स दुवइ आयोजना भएको मेन्स वल्र्ड बक्सिङ् च्याम्पियनसिपका कास्य पदक विजेता चन्द्रबहादुर थापालाई १ लाख रुपियाँ नगदसहित सम्मान गरियो । ५४ के. जी. तौल समूहमा प्रतिस्पर्धा गरेका थापाले इन्डोनेसियाको अरमानिया र क्वाटर फाइनलमा इरानलाई पराजित गरेर कास्य पदक प्राप्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...