लगनखेल न्हु पोखरीसँग पार्क बन्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, २ चैत । ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा पार्क निर्माण हुने भएको छ ।
स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोगमा पोखरीको पूर्वतर्फको खाली स्थानमा पार्क निर्माण गर्न लागिएको हो ।
पार्क निर्माण सम्बन्धी समझदारीपत्रमा आइतबार नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस सरकार विकास सहयोग एसडिसीको तर्फबाट साकिल मानन्धरले हस्ताक्षर गरे । नगर प्रमुख चिरीबाबु महर्जनले महानगरले हरियाली प्रबद्र्धन र खुल्ला ठाउँ सरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको बताए । निर्माण हुने यो पार्कले महानगरको खुल्ला ठाउँ संरक्षणको नीतिलाई बल पुर्याएको बताए । उनले पार्क निर्माणका लागि प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिए । वडा नंं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले पोखरीसँगै बन्ने पार्कले शहरलाई थप सुन्दर बनाउने दाबी गरे । जलवायु परिवर्तनले विश्वभरको वातावरण बिग्रदै गएको बताउँदै खुल्ला ठाउँ र हरियालीले वातावरण जोगाउन सहयोग गर्ने बताए ।
स्वीस सरकार विकास सहयोग एसडिसी साकिल मानन्धरले महानगरसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...