दाेलखा, २१ फागुन । दाेलखाकाे गाैरीशंकर गाउँपालिका-९ बेदिङमा मतदाताले मतदान बहिस्कार गरेका छन् । बेदिङमा काेही पनि उमेदवार मत माग्न नपुगेकाे र बेदिङकाे गुनासाे नसुनेकाे भन्दै मतदाताले मतदान बहिस्कार गरेका हुन् ।
बिहान १० बजेर ४५ मिनेट जाँदासम्म काेही पनि मतदाता मत खसाल्न नआएकाे मतदानमा खटिएका एक कर्मचारीले बताए । आराेहीहरूकाे गाउँले परिचित बेदिङमा १ सय ३३ मतदाता रहेकाछन् ।




