हेरिटेज नेपाल न्यूज

१५ लाख ३० हजार नगद सहित क्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ९ चैत । १५ लाख ३० हजार रूपैयाँ नगरसहित क्रिप्टो करेन्सी कारोबारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई चैत ६ गते पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत, पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घरभई हाल ललितपुर महानगरपालिका-१३ एकान्तकुना बस्ने ४१ वर्ष प्रवेश अली, बाँके नेपालगञ्ज उपमहानगर-२० घरभई काठमाडौं-६ बौद्द जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले र सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर घरभई ललितपुर महालक्ष्मी-२५ नख्खु बस्ने ३० वर्षीय दिप्ती पोखरेल छन् ।

उनीहरूबाट प्रहरीले १५ लाख ३० हजार रुपैयाँ बराबरको नगद बरामद गरेको छ । अनुसन्धानको क्रममा उनीहरूको मोबाइलमा बाइनान्स आइडी देखिएको प्रहरीले जनाएको छ । त्यसमा एक अर्क ३६ करोड ८० लाख ४५ हजार ५८० बराबरको कारोबार देखिएको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ग्यासको आयात बढ्यो

काठमाडौं, ९ चैत । फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ। बढ्दो मागको कारण...

४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं, ९ चैत । राष्ट्रिय किताब खाना (शिक्षक) ले ४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ...

राष्ट्रिय परिचय पत्र लिन अब छुट्टै फारम भर्न नपर्ने

काठमाडौं, ९ चैत । राष्ट्रिय परिचय पत्र बनाउनका लागि अबदेखि अर्को फारम भर्न नपर्ने भएको छ। परिचय पत्र...

हरिसिद्धीमा इँटाभट्टाको वाल भत्किँदा एक मजदुरको मृत्यु, चार जना घाइते

ललितपुर, ८ चैत । ललितपुर हरिसिद्धीको इँटाभट्टाको वाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-८ हरिसिद्धीस्थित...