हेरिटेज नेपाल न्यूज

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका-७ चावहिलबाट पेस्तोल र लागुऔषध एम्फेटामाईन सहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँको बन्दिपुर गाउँपालिका-४ घरभई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ५३ वर्षीय टकबहादुर गुरूङ र बन्दिपुर गाउँपालिका-७ घरभई टोखा नगरपालिका-८ बस्ने ७० वर्षीय दिलबहादुर गुरूङ छन्।

उनीहरूको साथबाट ९ एमएम पेस्तोल एक थान र लागुऔषध एम्फेटामाईन ३०१.४९० ग्राम  बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। उनका अनुसार दिलबहादुर गुरूङ २०७२ माघ १९ गते लागु औषध चरेश मुद्दामा पक्राउ परी ४ वर्ष कैद र ८० हजार जरिवाना भुक्तानी गरेर छुटेका थिए। उनीहरू विरूद्ध लागुऔषध कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन  म्याद थप गरेर अनुसन्धान भइरहेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं, १७ फागुन । नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। निर्वाचन बिथोल्न खाजेको आरोपमा...

सुनको भाउ बढ्यो

काठमाडौं, १७ फागुन । आइतबार नेपाली बजारमा सुनको भाउ एकैदिन ५ हजार ६००  रुपैयाँले बढेको छ। नेपाल सुन...