हेरिटेज नेपाल न्यूज

धनुषा १ मा नेकपाका मातृका यादव विजयी, मुद्दा कायमै

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी भएको भन्दै प्रमाणपत्र वितरण गरेको छ । सोमबार अबेर साँझ आयोगको निर्देशन बमोजिम यादवलाई विजयी भएको भन्दै प्रमाणपत्र दिइएको हो । सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ को मत परिणाम घोषणा नगर्न आदेश दिँदै अर्को पेसी फागुन २९ गतेका लागि तोके पनि निर्वाचन आयोगको निर्देशन अनुसार विजेता घोषणा गरिएको छ । धनुषाको निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फको मतगणना आइतबार राति नै सकिए पनि अहिले मत परिणाम घोषणा गरेर यादवलाई विजयीको प्रमाणपत्र दिइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचनको दुई दिनअघि खारेज भएपछि विवाद चुलिएको छ । उम्मेदवारी खारेज भएका रास्वपाको उम्मेदवार साहलाई घण्टी चुनाव चिह्नमा परेको मतसमेत गनेर गोप्य लगत राखिएको छ । धनुषा क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार साहको मतबाहेक नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवले १० हजार ४ सय २८ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४ सय ८५ मत पाएका छन् । एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २ सय २० मत ल्याएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

मूलुकभर वर्षा र हिमपात

काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल...

निर्वाचनमा ३५० बालअधिकार उल्लंघनका घटनन

काठमाडौं, ७ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि...

खैरो हेरोईन १३७.४०० ग्राम र चरेश २ केजी ३०० ग्राम सहित ५ जना पक्राउ

काठमाडौं, ७ चैत । लागू औषध ब्यूरो कोटेश्वरले लागु औषध खैरो हेरोइन १३७ दशमलव ४०० ग्राम र...

११ वर्ष कैद भुक्तान गरी छुट्ने बित्तिकै पुन: चोरीको गहना सहित पक्राउ

ललितपुर, ७ चैत । डाँका चोरी मुद्दामा ११ वर्ष कैद भुक्तान गरि छुट्ने बित्तिकै पुन: चोरी गर्ने व्यक्ति...