हेरिटेज नेपाल न्यूज

नेमकिपाकाे विरासत ढल्यो

Date:

Share post:

Changunarayan Nagarpalika

रास्वपाका रुकेश रन्जित विजयी

काठमाडौं, २३ फागुन । भक्तपुर क्षेत्र नम्बर १ मा २०४८ सालदेखि निरन्तर जित हासिल गर्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को विरासत रास्वपाका रूकेश रन्जितले ढालिदिएको छ । रन्जितले ३३ हजार ४३६ मत सहित विजयी भएका छन् भने, उनका निकटतम प्रतिद्वन्दी नेमकिपाकाका सचिव समेत रहेका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन् । रन्जितले ५ हजार २८९ मतान्तर सहित विजयी भएका छन् ।

भक्तपुर १ लाई नेमकिपाको गढ र नारायणमान बिजुक्छे ‘रोहित’ को किल्लाको रूपमा पनि चिनिन्छ । २०४८ सालदेखि यस क्षेत्रमा  नेमकिपाले नै जित्दै आएको थियो ।
३४ वर्षदेखिको नेमकिपाको गढ यसपटक रास्वपाले ढालेको छ ।
भक्तपुर र चाँगुनारायण नगरपालिका रहेको भक्तपुर १ मा अध्यक्ष विजुक्छे २०४८, २०५१, २०५६, २०६४ र २०७० सम्म लगातार पाँच पटक निर्वाचित भए । २०७४ मा भएको निर्वाचनमा उनले संसदीय राजनीतिबाट विश्राम लिदै उम्मेदवारी दिएनन् । उनको स्थानमा सचिव प्रेम सुवाल आए र २०७२ र २०७९मा भएको चुनाव जिते । यसअघि सुवाल २०७० मा समानुपातिकबाट दोस्रो संविधानसभामा पुगेका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेमकिपाका सुवालले ४२,७६१ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका थिए भने, राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३०३ मत, नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५,२८३ मत प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

धनुषा ३ मा रास्वपका प्रवक्ता मनिष झा विजयी

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ मा मधेश प्रदेशको धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता...

काठमाडौं ४ मा रास्वपाका पुकार बम विजयी

काठमाडौं, २३ फागुन । काठमाडौं-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बम विजयी भएका छन्। उनी...

खोल्यो एमालेले खाता, बाँके-२ मा इश्तियाक राई विजयी

काठमाडौं, २३ फागुन । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । एमालेबाट बाँके क्षेत्र नम्बर २...

काठमाडौं ९ मा रास्वपाका डिपी अर्याल विजयी

काठमाडौं, २३ फागुन । काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल विजयी...