काठमाडौं, १९ फागुन । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घरभई चन्द्रागिरी नगरपालिका-६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि-६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ। कार्यालयका अनुसार उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना प्रसाईं समूहकै कार्यकर्ता हुन् । आगजनी भएको ठाउँमा दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको थियो । उनीहरूले सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरेका थिए ।




