हेरिटेज नेपाल न्यूज

प्रहरीले गोली चलाएर समात्यो बौद्ध क्षेत्रमा सुनका गरगहना चोरी गर्ने व्यक्तिलाई

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २२ माघ । काठमाडौंको बौद्ध क्षेत्रमा सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गएराति गोली चलाएर विकास भन्ने प्रेम थारूलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
उनलाई काठमाडौं महानगरपालिका-६ महांकालबाट पक्राउ गरिएको हो। पक्राउको क्रममा प्रहरीसँग झडप भएपछि गोली चलाइएको एसएसपी थापाले जानकारी दिए। थारूको खुट्टामा गोली लागेको छ।
थारूमाथि ६५ तोला सुनका गरगहना चोरी गरेको आरोप छ।मंगलबार मात्रै काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको एक घरबाट मध्याह्न १२ बजेतिर ४२ तोला सुनचाँदीका गहना चोरी भएको थियो। उक्त घटनामा थारूकै संलग्नता रहेको भनिएको छ। पाँचतले घरका मानिसहरू छतमा बसिरहेको बेलामा चौथो तलामा चोरी भएको थियो।
चोरी भएको कोठाको ढोकाको कब्जा फुटाइएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका आरोपीबारे थप अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...