विमानस्थलभित्र डस्टबिनबाट सुन निकाल्दै गरेका एक कर्मचारी पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौँ, २२ माघ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र डस्टबिनबाट सुन निकालेर लैजाँदै गरेका एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका डिकबहादुर राउत विमानस्थलभित्र सरसफाइको काममा संलग्न थिए।

मंगलबार बिहान साढे सात बजेतिर ती कर्मचारीलाई डस्टबिनमा फोहोर जम्मा गरिएको प्लास्टिकको थैलोबाट सुन निकाल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार पक्राउ पर्ने व्यक्ति सगरमाथा सर्भिस प्रालिमार्फत विमानस्थल सरसफाइमा काम गर्ने कर्मचारी हुन्। उनी ४ दशमलव ४ ग्राम सुनसहित पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनी १५ वर्षभन्दा लामो समयदेखि विमानस्थलभित्र काम गर्दै आएका थिए। ती कर्मचारीले उक्त सुन डस्टबिनमा भएको सूचना कसरी पाए र उक्त सुनको स्रोत के थियो भन्ने प्रश्न उब्जिएको छ। पक्राउ परेका कर्मचारीलाई प्रहरीले थप अनुसन्धानका लागि भन्सार विभागमा जिम्मा लगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...