हेरिटेज नेपाल न्यूज

धादिङमा बस दुर्घटना १९ जनाको मृत्यु २५ घाइते

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ११ फागुन । पोखराबाट काठमाडौँ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । मृत्यु हुने १९ मध्ये ९ जनाको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसीगौंडास्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस सोमबार बिहान करिब १:३० बजे दुर्घटनामा परेको थियो । धेरैजसोको दुर्घटनास्थलमै मृत्यु भएको थियो। मृतक मध्ये सनाखत हुनेहरुमा बेलायतका २४ वर्षीय स्टेवार्ट डोमेनिक इथन, पोखरा-३० का ४० वर्षीय बिबेक बस्तोला,  स्याङ्जाको वालिङ घर भई हाल जिल्ला काठमाडौँको नागार्जुन बस्ने ६३ वर्षीय चन्द्र बहादुर कुँवर रहेका छन्।
त्यस्तै, तनहुँको व्यास गाउँपालिका ४० वर्षीय ओमकुमार मल्ल, धादिङको त्रिपुरासुन्दरी बस्ने ३० वर्षीय ईन्जिनियर ठकुरी, तनहुँ, शुक्ला गण्डकीकी ५५ वर्षीया विष्णु माया, काठमाडौंको बौद्धमा बस्ने ४२ वर्षीय लोप्साङ गोले, तनहुँको भिमानका हरिप्रसाद सिग्देल र पाल्पाको तानसेनका ५५ वर्षीय नबिन्द्र श्रेष्ठ रहेका छन्।
घाइतेहरुको काठमाडौँमा उपचार थालिएको छ। राष्ट्रिय ट्रमा सेन्टरमामा १४ जना र नेशनल अस्पताल कलंकीमा १० जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका एक जनाको भने मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं, १७ फागुन । नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। निर्वाचन बिथोल्न खाजेको आरोपमा...