महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ फागुन । काठमाडौँ प्रहरीले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गरगहना लगाएर नआउनेसहित विभिन्न १३ बुँदे अनुरोध जारी गरिएको जानकारी दिए।
उनका अनुसार चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरिएको हो। मन्दिरमा झोला नल्याउन, पशुपति क्षेत्रको मापदण्ड बमोजिम प्लास्टिकका झोला, कप, प्लेटलगायत सामग्रीको प्रयोग निषेध गरिएकाले निषेधित सामानको प्रयोग नगर्न, दूध, गङ्गाजललगायत सामाग्रीका लागि फुट्ने काँच (सिसा)का भाँडा प्रयोग नगर्न पनि अनुरोध गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए।
प्रहरीले भक्तजनको सुविधाका लागि तोकिएको कक्षमा जुत्ताचप्पल (दर्शन मार्ग अनुसार छुट्टाछुट्टै स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था) राखेर मात्र मन्दिर प्रवेश गर्न, पशुपतिनाथको दर्शन गरिसकेपछि छिटोभन्दा छिटो मन्दिर परिसर बाहिर निस्किएर घुइँचो हुन नदिनका लागि आवश्यक सहयोग र समन्वय गर्न पनि अनुरोध गरेको छ ।

पशुपतिनाथ मन्दिर प्राङ्गणमा सबै प्रकारका मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको तथा छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटी लगाएर मन्दिरमा प्रवेश निषेध भएकाले त्यस्ता सामान तोकिएको सुरक्षित स्थानमा राखेर मात्र दर्शन गर्न पनि भनिएको छ।
प्रहरीले पाकेटमारादेखि सावधान रहन र आफ्नो सामानको सुरक्षा आफैँ गर्न, कुनै पनि तीर्थयात्री अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क राख्न, कुनै सामान वा व्यक्ति हराएमा वा कुनै समस्या आइपरेमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

मन्दिर र मेला क्षेत्रलाई स्वच्छ र सफा राख्न जथाभावी फोहोर नगर्न, निर्दिष्ट स्थानमा रहेका शौचालयको प्रयोग गर्न, शारीरिक रूपमा अशक्त, जेष्ठ नागरिकलाई सहज दर्शनका लागि सहयोग गर्न, मन्दिर दर्शनका लागि कुनै प्रकारको विशेष टिकट वा पासको व्यवस्था नगरिएकाले पङ्क्तिबद्ध भएर दर्शन गर्न तथा पङ्क्तिबाट दर्शन गर्दासमेत अरूको अधिकारको हनन हुने व्यवहार नगर्न अनुरोध गरिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...