गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २८ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्नामले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनामा गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको टोलीले मंगलबार शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी लिनुहुने मा. मन्त्री इङ्नामसँगको भेटमा आवास योजनाको हालसम्मको भौतिक विकास तथा जग्गा प्रशासनसम्बन्धी प्रगतिबारे जानकारी गराएका छन् ।
त्यस क्रममा नगर प्रमुख प्रजापतिले आयोजनाको भौतिक पूर्वाधारअन्तर्गत सडक, ढल निकास, टेवा पर्खालको कार्य अनितम चरणमा रहेको र  जग्गा प्रशासनतर्फ आयोजना क्षेत्रको सम्पूर्ण स्वीकृत नापी नक्सा तथा श्रेष्ताअनुसार हाल कायम भएको २४४४ कित्ता जग्गामध्ये १२८३ कित्ता जग्गा अर्थात् ५२। ५० प्रतिशत विकसित घडेरी फिर्ता समेत भइसकेको अवगत गराएका छन् । नगरपालिकाद्वारा सञ्चालित उक्त आयोजनाको १६५३ रोपनी जग्गामध्ये ६८ रोपनी जग्गा गुठी अधिनष्ठ रहेको र उक्त जग्गामा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा १०.१.१ अनुसार तथा आयोजना व्यवस्थापन उपसमितिको निर्णयअनुसार योगदान प्रतिशत कट्टी गरेकोमा गुठी संस्थानबाट उक्त निर्णय कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले स्थानीय तहबाट सञ्चालित आयोजना यथाशक्य चाँडो सम्पन्न गर्न मन्त्रालयको तर्फबाट आवश्यक निर्णय गर्नको निम्ति अनुरोध गरे ।
सोही क्रममा मन्त्री इङ्नामले राज्यबाट सञ्चालित विकास आयोजनाहरूमा गुठी जग्गा समस्या रहेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै यस विषयमा सरोकारवालाहरूसँग पटक पटक छलफल गरिरहेको बताका छन् । उनले छिट्टै नै यो समस्या समाधानको निम्ति ठोस् निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरपालिकाले गुठी जग्गाको समस्या समाधान गर्न गुठी संस्थान केन्द्रीय कार्यालयमा पटक पटक अनुरोध गर्दा पनि समाधान नभएपछि मन्त्रालयसमक्ष अनुरोध गरिएको हो । २०७२ सालमै योजना स्वीकृत भइ सञ्चालन भइरहेको देको मिवा इतापाके आवास योजनामा गुठी संस्थानले अनाहकमा जनतालाई दुःख दिइरहेको पनि प्रमुख प्रजापतिले सो अवसरमा बताएका छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...