बाल सुधारगृहमा झडप र आगजनीपछि बालबिज्याइँकर्ताको स्थान्तरण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ११ माघ । मध्यपुर थिमिस्थित बाल सुधारगृहमा बिहिबारराती झडप, आगजनी र तोडफोड भएपछि सबै बालबिज्याइँकर्तालाई स्थानान्तरण गरिएको छ । उनीहरुलाई काठमाडौं र भक्तपुरका विभिन्न प्रहरी हिरासतका बाल निगरानी कक्षमा राखिने प्रहरीले जनाएको छ । झडपपछि भएको आगजनी र तोडफोडपछि सुधारगृहभित्रका सबै संरचनामा क्षति पुगेका कारण बस्न सक्ने अवस्था नरहेपछि केही समयका लागि उनीहरुलाई सारिएको हो ।
झडपमा ८ जना बालबिज्याइँकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । गएराति पौने १० बजेदेखि भएको झडपमा २० जना प्रहरीसमेत घाइते भएका छन् । नेपाल कोरिया मैैत्री नगरपालिका अस्पतालमा उपचार गराएका ७ जना डिस्चार्ज भएका छन् भने एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केही बालबिज्याइँकर्ताले कुटपिट गरी घाइते बनाएर सुधारगृह तोडफोड गरी आगजनी गरेका थिए । प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधारगृहभित्रबाटै प्रहरीमाथि ढुंगामुडा भएको थियो । १ सय ६९ बालबिज्याइँकर्ता रहेको सुधारगृृहमा १८ वर्षभन्दा माथिका करिब ८४ जना रहेका प्रहरीले जनाएको छ । जसमा २४ जना बालिकासमेत रहेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...