हेरिटेज नेपाल न्यूज

मिथ्या सूचना विरुद्ध सम्मेलन

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ११ माघ । मिथ्या सूचनाविरुद्ध दुईदिने काठमाडौं सम्मेलन सुरु भएको छ । सम्मेलनमा विज्ञहरूले आगामी २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनलाई लक्षित गरी अनलाइन र अफलाइन माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले संगठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताए ।
सम्मेलनमा प्रस्तुत देशभरि गरिएको अध्ययन निष्कर्षमा नेपालमा करिब २८ प्रतिशत नागरिकले मिथ्या सूचना फेला पार्ने, त्यस्ता सूचना फेसबुकलगायत सोसल मिडियामा बढी हुने र विशेषगरी राजनीतिक विषयवस्तुमा हुने तथ्यांक प्रस्तुत गरिएको थियो । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर-नेपाल) ले काठमाडौंमा आयोजना गरेको सम्मेलनका वक्ताहरू र कार्यपत्र प्रस्तुत गर्दै अध्येताहरूले मिथ्या सूचनाले जनमतलाई पार्न सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन जरुरी भएको बताए ।
मणिपाल एकेडेमी अफ ह्यायर एडुकेसनकी प्रा.डा. पद्मा रानीले आफ्नो विद्वत् प्रवचनमा प्रविधि र पहुँचले गर्दा सही सूचना र मिथ्या सूचनाबीचको अन्तर थाहा पाउन जटिल भएको बताइन् । प्रा. रानीले सोसल मिडियाका साथसाथै मूलधारका मिडियाबाटसमेत मिथ्या सूचना आउने गरेकाले त्यसकाविरुद्ध मिडिया, नागरिक समाज, विज्ञ, नागरिक समाज, सरकारलगायत लाग्नुपर्ने धारणा व्यक्त गरिन् ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक संकायका कार्यवाहक डिन डा. वामदेव अधिकारीले सोसल मिडियामार्फत डिजिटल वार भइरहेको उल्लेख गर्दै  सत्यतथ्य पहिचान गर्न र आलोचनात्मक ढंगले हेर्न जरुरी भएको बताए ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा.कुन्दन अर्यालले मिडियाको परिदृश्य परिवर्तन भएको बताए । उनले प्रविधि र सामग्रीले जनमत प्रभावित हुने भएकाले मिडियाले समाजको वृहत्तर हित हेर्नुपर्ने धारणा व्यक्त गरे । सिएमआर-नेपालका अध्यक्ष नवीन खतिवडाले अहिलेको सूचना परिवेशमा मिथ्या र सत्य के हो भन्ने अन्योल भएको अवस्थामा यस विषयका छलफल र सम्मेलन सहयोग गर्ने बताए ।
विज्ञ डा. धिरेन्द्र नाल्बोले मिथ्या सूचनाले जहाँत्यही चुनौती थपेको बताए । उनले निर्वाचनका बेला निर्वाचन अभियान र प्रोपागाण्डासँगै मिथ्या सूचना आउने भएकाले त्यसबाट जोगिन सचेत हुन जरुरी भएको बताए । सञ्चार विज्ञ डा.विनोद भट्टराईले मिडियाको प्रयोग गर्ने शैलीमा विगत र अहिले व्यापक परिवर्तन भएको उल्लेख गर्दै तथ्यमा आधारित जनता चाहनाका विषयलाई प्राथमिकता नदिने हो भने पत्रकारिता अझ बढी संकुचित हुने बताए ।
सम्मेलनमा कर्णाली प्रदेशमा मिथ्या सूचनाको प्रभाव, मिथ्या सूचनाबारे जनताको दृष्टिकोण, जनकपुरका युवामा मिथ्या सूचनाको प्रभाव, मुस्लिम समुदायप्रति मिडियामा हुने गलत भाष्यसम्बन्धी अनुसन्धान प्रस्तुत गरिएको थियो  । त्यसैगरी जेन–जी आन्दोलनमा डिस्कर्डको प्रभाव, समाचार कक्षमा एआईको प्रयोग, सुरक्षामा सूचना असन्तुलनको प्रभाव, समाचार शाखामा फ्याक्ट चेकिङ, पत्रकारिता शिक्षा र मिथ्या सूचना, मधेश प्रदेशमा सोसल मिडियाको प्रयोग र त्यसको असर, नेपालमा फ्याक्ट चेकको अवस्था, पत्रकारिताका विद्यार्थीमा मिडिया साक्षरता लगायतका अनुसन्धान प्रस्तुत गरिएको थियो ।
सम्मेलनमा १०० जना भन्दा बढीको सहभागिता थियो ।सम्मेलन आइतबार पनि चल्नेछ । आइतबारको सत्रमा मिथ्या सूचनाको प्रतिकार, मिथ्या सूचना प्रतिकारमा मिडिया शिक्षाको भूमिका, मिथ्या सूचनाको प्रतिकारमा मिडियाको भूमिका, जलवायु विषयमा मिथ्या सूचना र सोसल मिडिया प्लेटफर्महरूको जिम्मेवारी विषयसँग छलफल गरिनुका साथै सोसल मिडियामा सामग्री निर्माताहरबारे गरिएको अध्ययनको नतिजा प्रस्तुत गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...