हेरिटेज नेपाल न्यूज

गोदावरीमा लागुऔषध सहितको ‘म्युजिकल पार्टी’, ६ विदेशीसहित ९ जना पक्राउ 

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १८ पुस । ललितपुरको गोदावरीमा लागुऔषधसहित आयोजना गरिएको एक पार्टीमा प्रहरीले छापा हानेर नौजनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ६ विदेशी र तीन नेपालीलाई पक्राउ गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा बिसंखु नारायणस्थित एक रिसोर्टमा प्रहरीले बुधबार राति छापा हानेको हो। महामाया मन्त्र इन्भेटका नाममा त्यहाँ ७२ घण्टे लागुऔषधसहितको पार्टी आयोजना भएको थियो। जहाँबाट प्रहरीले पाँच भारतीय, एक ग्रिस र तीन नेपालीलाई पक्राउ गरेको हो । उनीहरूबाट एसएसडी, गाँजा, चरेश, म्याजिक मसरुमलगायत लागुऔषध बरामद भएको ब्युरोका एसपी जनकबहादुर शाहीले बताए।

पक्राउ पर्नेहरूमा भारत केराला कोचीका २१ वर्षीय केभिन जोसेफ, हैदराबादका २६ वर्षीय अभिराज कुथाडी, ग्रीस यथेन्सका २१ वर्षीय डिमिथ्रिओस काटोस, भारत केरालाका २८ वर्षीय सदिक, केरालाकै आस्विन अन्तु, २८ वर्षीय वैष्णव के साजु, चितवन राप्ती नगरपालिका-३ भण्डारका ३० वर्षीय पुष्पराज परियार, मोरङ विराटनगर नगरपालिका-१३ राजवंशी टोलका २५ वर्षीया मनसुन न्यौपाने र काठमाडौं महानगरपालिका- २ नक्सालका ४० वर्षीय आदित्य अर्याल छन् । उनीहरू विरुद्ध  लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...